आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो । जापान सरकारले गर्भवती महिलाहरुलाई मास्क पठाउन बन्द गरेको छ । करिब ७ हजार ८ सय मास्कहरुमा दाग, रौ तथा फोहोर भएको गुनासो आएपछि मास्क वितरण रोकिएको हो ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि अप्रिल १४ मा गर्भवती महिलाहरुको लागि नगरपालिकाहरुमार्फत करिब ५ लाख मास्क पठाएको थियो ।

केहि दिनमा नै मन्त्रालयलाई स्थानीय सरकारहरूबाट हजारौ मास्कमा कमजोरी देखिएको जानकारी प्राप्त भएको थियो ।

मास्कमा कपाल भेटिने, दाग लागेको र रङ उडेको जस्ता समस्याहरु देखिएको थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अप्रिल १७ बाट जापानका घरपरिवारहरुलाई पठाउन सुरु गरेको कपडाको मास्कमा पनि कमिकमजाोरी भेटिएको छ । यस बिषयमा समेत मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।***

तपाईको प्रतिक्रिया