Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

धनगढी – सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो । यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर गइसकेका छन् । उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले घर पठाइएको हो ।

अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीय महिलाको उपचार भइरहेको छ । उनी १९ दिनको बसाइपछि घर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया