आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानबासी सबैको थप सहयोथ आवश्यक परेको बताएका छन् । मानिस–मानिसवीचको दूरी कम गर्न घरमै बसेर सहयोग गर्नेहरुलाई आबेले धन्यवाद समेत दिएका छन् ।

अप्रिलको अन्त्यदेखि मेको शुरुमा एक पछि अर्को गर्दै विविध सार्वजनिक बिदा पर्दछ । यस्तो बेलामा मानिसहरुको आवतजावत बढेमा कोरोना भाइरसको संक्रमण थप बढ्ने चिन्ता उनले व्यक्त गरेका छन् । सप्ताहन्तमा ठूलो संख्यामा मानिसहरु टोकियो छाडेर ग्रामीण गन्तव्यमा गएको तर्फ इंगित गर्दै उनले टाढाको यात्रा नगर्न आग्रह गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राष्ट्रिय स्वास्थ्य प्रणाली तनावमय भएको र यसमाथिको भार कम गर्न र मानिसहरुको ज्यान जोगाउन सामाजिक दूरी ८० प्रतिशत कम गर्ने लक्ष्य हासिलमा मद्दत गर्न उनले सहकार्य चाहेका हुन् ।

जापानमा बुधबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १२ हजार २ सय ५५ जना पुगेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले २ सय ८३ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित २ सय ९६ जना पुगेको छ ।***

तपाईको प्रतिक्रिया