Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा आज थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो ।

आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ । योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया