शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो । जापानमा पहिलोपटक सुमो रेस्लरमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । जापान सुमो एसोसियसनले आफ्ना एक खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको शुक्रबार जानकारी दिएको हो ।

जापान सुमो एसोसियसनका अनुसार संक्रमित ति खेलाडीको टोकियो स्थित हस्पिटलमा उपचार भइरहेको छ ।

जापानको राजधानी टोकियोमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या निरन्तर बढिरहेको छ । हिजो मात्र टोकियोमा एकैदिनमा १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ***

तपाईको प्रतिक्रिया