बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – जापान मेडिकल एसोसियशनले कोरोना महामारी संकटको बेलामा जापानमा रहेका विदेशीहरुलाई आवश्यक जानकारी उपलब्ध गराउन आजदेखि हटलाइन सेवा सुरु गरेको छ । मेडिकल डाक्टरहरुको गैर नाफामुलक संस्था उक्त एसोसियशनले बहुभाषिक हटलाइन सुचारु गरेको हो ।

एसोसियशनको मेडिकल इन्फर्मेशन सेन्टरले हटलाइन सेवामार्फत बिभिन्न आठवटा भाषामा जानकारी उपलब्ध गराउने बताईएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने सो हटलाइन सेवा हाललाई आगामी मे २० सम्म जारी रहने छ । अंग्रेजी भाषाको हटलाइन सेवा दैनिक रहने छ भने चिनियाँ भाषा सप्प्ताहान्तमा उपलब्ध हुने छ । यसैगरी कोरियन, स्पेनिस, भियतनामी, फिलिपिन्स, थाइ, पोर्चुगल भाषा भने तोकिएको बारमा मात्र उपलब्ध हुने बताईएको छ । हटलाइन नंवर 03-6233-9266  र 090-3359-8324 रहेको छ ।

एसोशियशनले जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको गाइडलाइनमा रहेर हटलाइन सेवा सुरु गरेको हो । कोरोना महामारीबाट अति प्रभावित जापानका मुख्य मुख्य प्रिफेक्चरहरुमा बहुभाषिक हटलाइन सेवा उपलब्ध गराईए पनि अन्यमा भने जापानी भाषामा नै हटलाइन सेवा उपलब्ध हुने सो एसोसियशनले जनाएको छ । ***

हटलाइन सेवा 
सोमबार – अंग्रेजी, कोरियन, फिलिपिन्स
मंगलबार – अंग्रेजी, चिनिया, थाइ
बुधबार  – अंग्रेजी, चिनिया, स्पेन + महिनाको दोस्रो र चौथो बुधबार भियतनामी
बिहीबार – अंग्रेजी र चिनिया
शुक्रबार – अंग्रेजी, चिनिया

थप जानाकारीका लागि : 
https://www.amdamedicalcenter.com/

तपाईको प्रतिक्रिया