बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो । जापानका ३ ठूला मोटर निर्माता कम्पनीहरुले आफ्ना २० हजारभन्दा बढि कामदारहरुलाई बिदामा राख्ने भएका छन् । कोरोना भाइरसको प्रकोपका कारण विश्वभरमा गाडि निर्यातमा कमी आएका कारण केही प्रतिशत तलब दिने शर्तमा बिदामा राख्ने निर्णयमा मोटर निर्माता कम्पनीहरु पुगेका हुन् ।

जापानका तीन ठूला मोटर निर्माता कम्पनी निशान मोटर कर्पोरेसन, मिचुबिसी मोटर कर्पोरेशन र माज्दा मोटर कर्पोरेशनले केही कामदारहरुलाई तलबी विदा दिइसककेका छन् तर उनीहरुलाई कम्पनीले कहिले उत्पादन सुरु गर्ने भन्नेबारे केही जानकारी दिइएको छैन ।

निशान मोटरले आफ्ना ४ हजार कामदारलाई विदामा राख्नका लागि श्रम संगठनहरुसंग परामर्श गरिरहेको छ भने मिचुबिसी मोटरले पनि आफ्ना ६ हजार ५ सय कामदारलाई केही प्रतिशत तलब दिएर बिदामा राख्नेबारे तयारी गरिरहेको छ । माज्दा मोटरले आफ्नो हिरोसिमा प्रिफेक्चरस्थित हेडक्वार्टरको प्लान्टमा काम गर्ने १७ हजार कामदार तथा कर्मचारीहरुलाई विदामा राख्नेबारे गत महिना नै कार्यविधि बनाएको थियो ।

जापानका मोटर निर्माता कम्पनीहरुमा धेरै नेपालीहरु समेत कार्यरत छन् । ***

तपाईको प्रतिक्रिया