काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली मानिसहरुको सूचीमा ६ नेपाली परेका छन् ।
नवीनतम सोच र सम्भावना बोकेका युवालाई समेटेर फोर्ब्सले विगत केही वर्षदेखि ‘३० अन्डर ३०’ को सूची सार्वजनिक गर्दै आएको छ ।
२०२० को थर्टी अण्डर थर्टीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा एमेच्योर गल्फर हुन् ।
शुभांगी राणा इन्जिनियर हुन् भने जेसलिना राणा वकिल हुन् । उनीहरुले सन् २०१८ मा ‘प्याड टू गो’ नामक संस्थाको स्थापना गरेका थिए । त्यस्तै, आचार्य र तिम्सिना अर्बन गर्ल नामक संस्थाका सह–संस्थापक हुन् ।
रोहित तिवारी भने फुडमारियोका संस्थापक हुन् ।