Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । जसअनुसार मासिक १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् ।

विद्युत, खानेपानी, टेलिफोन शुल्कलाई फागुन र चैत महिनामा महसुल भुक्तानी वैशाख मसान्त बुझाएमा बिलम्ब भुक्तानी वा जरिवाना नलाग्ने पनि राहत प्याकेजमा छ ।

निजी स्कुलले पनि एक महिनाको शुल्क लिन नपाउने भएका छन्। अब अभिभावकले चैत महिनाको शुल्क तिर्नु पर्दैन। घरबेटीले पनि घरभाडा छुट दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया