Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका देशभरका ३८ लाख घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को अध्यक्षतामा शुक्रवार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महशुल छुटका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लक–डाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले बताए ।

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महशुलमा छुट गर्न लागिएको मन्त्री पुनले बताए । उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट गरे । ‘एकातिर विद्युत्को माग घटेर गएको छ भने अर्काेतिर ग्यासको अभाव देखिएको छ,’ मन्त्री पुनले भने, ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो ।’

ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत् नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे । ‘नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो । अहिले पनि अभाव देखिएको छ,’ उनले भने, ‘बिजुली जस्तोसुकै संकटमा पनि आउने भएकाले स्वीच थिचेपछि खाना पाक्छ ।’ सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्ट्रिक कुकिङमा जान असम्भव भएपनि काठमाडौंसहित शहरी क्षेत्रबाट त्यसको शुरूआत गर्न सकिने उनको विश्वास छ ।

३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा १ महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महशुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युत् महशुलमा छुट दिने निर्णय गरेको थियो ।

नेपालमा १ मासिक १५० युनिटसम्म विद्युत् खपत गर्नेको संख्या अधिक छ । ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् । लक-डाउनका कारण विद्युत् खपतमा भारी गिरावट आएको छ । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालय बन्द भएकाले त्यस्तो अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया