Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – ग्यास आपूर्ति सहज गर्न सरकारले आधा सिलिन्डर मात्रै ग्यास भरेर बिक्री गर्ने भएको छ ।

नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास भर्न ग्यास उद्योगहरूलाई परिपत्र गरेको छ ।

पछिल्लो समय ग्यास आपूर्तिमा देखिएको कठिनाइका कारण आधा सिलिन्डर मात्रै भरेर बिक्री गर्न लागिएको निगका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

एउटा सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास  भरिएको हुन्छ । तर, अब ७ केजी १ सय ग्राम ग्यास मात्रै भरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

उनका अनुसार ग्यासको परिमाण घटेपछि मूल्य पनि घट्नेछ । अब ६ सय ८७ रुपैयाँ ५० पैसामा उक्त आधा भरिएको सिलिन्डर बिक्री हुनेछ ।

 

तपाईको प्रतिक्रिया