Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – आजदेखि केही बैंकका शाखा छोटो समयका लागि खुल्ने भएका छन्। सरकारले लकडाउन घोषणा गरेपनि सर्वसाधारणलाई सुविधा दिन केही बैंकले तीन घन्टाका लागि भए पनि बैंकका शाखा खोल्न लागेका हुन्।

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले विहान १० बजेदेखि १.३० बजेसम्म जिल्लामा कम्तीमा एउटा शाखा खोल्ने भएको छ। उक्त बैंकले काठमाडौंको केन्द्रीय कार्यालय न्युरोड, ललितपुरको गावाहाल शाखा र भक्तपुरको भक्तपुर शाखा खोल्ने भएको छ।

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सिइओ भुवन दाहालले पनि सकेसम्म आम ग्राहकलाई बैंकमा नआउन आग्रह गरेका छन्। सकभर मोबाइल बैकिङजस्ता इलेक्ट्रोनिक तथा एटिएमबाट काम चलाउन उनले आग्रह गरेका हुन्।

बैंक खोल्दा कर्मचारी र सर्वसाधारणलाई समेत कोरोना भाइरसको जोखिम बढ्ने हुँदा कार्डबाटै काम चलाउन आग्रह गरिएको हो।

बैंकमा ग्राहक आउँदा कोभिड १९ को जोखिम बढ्न सक्ने सम्भावना देखिएकोले बैंकर्सहरूले मोबाइल बैकिङ कारोबारलाई जोड दिएका हुन्। धेरै जसो बैंकले भरसक बैंक नखोल्ने योजना बनाएका छन्।

 

तपाईको प्रतिक्रिया