Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापान सरकारले कोरोना भाइरस महामारीका कारण धाराशायी भएका साना तथा मझौला ब्यवसायीहरुलाई उनीहरुले तिरेको कर्पोरेट ट्याक्स (ब्यवसायिक कर) फिर्ता गर्ने योजना कार्यान्वयन गर्ने भएको छ ।

जापानी सरकारी स्रोतका अनुसार विशेषगरी रेष्टुरेन्ट ब्यवसायी, स्कुल तथा कलेजलाई लञ्च (बेन्तो) सप्लाई गर्दै आएका साना तथा मझौला कम्पनी सहित प्रत्यक्ष प्रभावित अन्य कम्पनीहरुलाई पनि यस्तो कर फिर्ता गर्ने भएको हो । कोरोना महामारीका कारण प्रत्यक्षरुपमा नकरात्मक असर परेका ब्यवसायीहरुलाई राहत स्वरुप यो योजना कार्यान्वयन गर्न लागिएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले प्रभावित ब्यवसायीहरुले कर फिर्ताका लागि आवेदन गर्न आग्रह गरेका छन् । आपतकालिन आर्थिक राहत प्याकेजबाट जापान सरकारले अर्को महिनादेखि नै उपलब्ध गराईने गरी कर फिर्ता गर्ने प्रक्रिया सुरु गर्न सकिने र त्यसका लागि जापान सरकारले वित्तिय संस्थाहरुमार्फत सहजीकरण गर्ने बताईएको छ ।

बिजनेश कर फिर्ताले मात्रै कम्पनीहरुको क्षतिपूर्ती नहुने भएता पनि सांकेतिक राहतकोरुपमा जापान सरकारले यो कदम चालेको बताईएको छ ।

यसैबीच पार्लियामेन्टमा केही सांसदहरुले प्रभावित ब्यवसायीहरुको कर घटाउने वा छूट दिनुपर्ने बिषयमा पनि आवाज उठाउँदै आईरहेका छन् ।

जापान सरकारले गत मार्च १० तारिखका दिन कोरोना भाइरसको संक्रमणका कारण साना तथा मझौला ब्यवसायमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई ऊर्जा दिन आपतकालिन आर्थिक राहत प्याकेजस्वरु १ खर्ब येन (९ दशमलव ६ अर्व डलर) बजेट बिनियोजन गरिसकेको छ भने ५ सय अर्व येन बिना ब्याजमा ऋण प्रवाह गर्दै आईरहेकोछ ।***

तपाईको प्रतिक्रिया