Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चिनियाँ व्यापारी ज्याक माले कोरोना भाइरस (कोभिड-१९) सँग लड्न आवश्यक स्वास्थ्य सामग्री नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन्। अलिबाबा ग्रुपका संस्थापक तथा पूर्व अध्यक्ष माले नेपालसहित १० एसियाली मुलुकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने शनिबार ट्वीटर मार्फत् घोषणा गरेका हुन्।

उनले नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस तथा माल्दिभ्स मंगोलिया, म्यानमार, पाकिस्तान तथा श्रीलंकालाई ती स्वास्थ्य सामग्री उपलब्ध गराउने बताएका छन्। उपलब्ध गराउने स्वास्थ्य सामग्रीमा १८ लाख मास्क, २ लाख १० हजार परीक्षण गर्ने किट, ३६ हजार सुरक्षा कवज साथै भेन्टिलेटर र थर्मोमिटर छन्। ‘यो चाँडै पुर्‍याउन सहज छैन’, उनले ट्वीटरमा लेखेका छन्, ‘तर यो हामी सम्पन्न गर्नेछौँ।’

नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य स्वास्थ्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ।

यसअघि माले अमेरिकालाई १० लाख मास्क र ५ लाख भाइरस परीक्षण किट सहयोग गर्ने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया