Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चीनका खर्बपति ज्याक माले नेपाललाई कोरोना भाइरससँग जुध्न स्वास्थ्य सामग्री उपलब्ध गराउने भएका छन् । ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने शनिबार ट्वीटरमार्फत घोषणा गरेका हुन् ।

उनले १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् । कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भनेर ट्वीटमा उल्लेख गरिएको छैन । ज्याक माको स्वास्थ्य सामग्री प्राप्त गर्ने मुलुकहरु नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का हुन् ।

यसअघि ज्याक माले आफ्नो फाउन्डेसन ज्याक मा फाउन्डेसन र कम्पनीको अलिबाबा फाउन्डेसनमार्फत अमेरिका, इटली र अफ्रिकी मुलुकमा स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् । कोरोना भाइरस विश्वव्यापी बनिसक्दा हालसम्म २ लाख ७६ हजार ४७२ यसबाट संक्रमित बनेका छन् । यस भाइरसका कारण हालसम्म ११ हजार ४१७ को मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया