Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसंग समन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरसका कारण पर्यटन व्यवसाय लगायतका अन्य व्यवसायहरु धरासायी बन्दै गरेको अवस्थामा तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसंग समन्वय गरी घरबहालमा छुट दिने व्यवस्था गर्न माग गरेका हुन् । व्यवसायिक करमा समेत सोही आधारमा नीतिगत व्यवस्था गरी विशेष छुटको व्यवस्था गर्न महासंघले माग गरेको छ ।

महासंघले कोरोना भाइरसका नाममा अत्यावश्यक सामानहरु लुकाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेकाले अवस्थामा सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेको छ । चीन र भारतका नाकाहरु बन्द भए आम दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक वस्तुको भण्डारण गर्न र सहज आपूर्तिको व्यवस्था गर्न पनि सरकारसंग माग गरिएको छ ।

महासंघले बहाल व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने, दर्ता गर्ने, प्रमाण दिने किटानी सहितको निकायगत संरचनाको अभाव रहेको जनाएको छ । बहाल लिनेदिनेको वास्तविक तथ्याङ्कको अभाव बहाल विवाद निरुपण आयोग, विभाग, बहाल इजलास र बहाल दिने लाई कर चुक्ताको दायरामा ल्याउने गरी बाध्यकारी अवस्था नदेखिएकोले सुधार गर्नुपर्ने माग महासंघले गरेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया