बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको संस्कृति मन्त्रायलले जनाएको छ । प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ । सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ ।

भारतमा अहिलेसम्म केही विदेशीसहित ११४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ । महामारी फैलिन नदिन सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ । संस्कृतिमन्त्री प्रह्लाद पटेलका अनुसार ती स्थान मार्च ३१ सम्म बन्द रहनेछन् । त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लिइने उनले बताए ।

तपाईको प्रतिक्रिया