बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – काभ्रेको पनौती आसपासका क्षेत्रमा अहिले बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको छ ।

सोमबार टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि अहिले सम्भावित घटनालाई ध्यानमा राख्दै कर्फ्यू जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काभ्रेको पनौती बसपार्क आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि नै अर्को सूचना जारी नभएसम्मका लागि भन्दै कर्फ्यू लगाइएको छ ।

सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ वर्षकी जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि दुबैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो ।

झडपमा प्रहरीसहित केही स्थानीय पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया