बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – कोरोना भाइरस ‘कोभिड-१९’को प्रकोप सयभन्दा बढी मूलुकमा पुगिसकोको छ । बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन् ।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन् । हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरु

१. चीनः ८० हजार ७८४ संक्रमित, ३ हजार १५८ को मृत्यु

२. इटलीः १० हजार १४९ संक्रमित, ६३१ को मृत्यु

३. इरानः ८ हजार ४२ संक्रमित, २९१ को मृत्यु

४. दक्षिण कोरियाः ७ हजार ७५५ संक्रमित, ६१ को मृत्यु

५. फ्रान्स १७ सय ८४ संक्रमित, ३३ को मृत्यु

६. स्पेनः १ हजार ६९५ संक्रमित, ३६ को मृत्यु

७. अमेरिका १ हजार १० संक्रमित, ३१ को मृत्यु

तपाईको प्रतिक्रिया