Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका हाल प्रदेशको राजधानी रहेको धनगढी उपमहानगरपालिकाले फागुन २५ गते देखि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।

उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६ फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरमा शुक्रबार बिहान बसेको सरोकारवाला बिचको बैठक पछि उपमहानगर यस्तो निर्णयमा पुगेको नगरप्रमुख नृप बहादुर वडले बताए ।

उनले भने, ‘अर्को सुचना जारी नभए सम्मका लागि अहिले सम्पूर्ण परीक्षा स्थगित गर्दै बिद्यालय बन्द गर्न भनेका छौं ।’ भारतमा कोरानाको संक्रमण बढेको र धनगढी उपमहानगरपालिका भारतसँग सिमा जोडिएकाले संक्रमण बढ्न सक्ने खतरा अत्याधिक रहेकाले उच्च सर्तकता अपनाउने पर्ने देखिएको नगरप्रमुख वडको भनाई छ ।यसअघि प्रदेश सरकारले पनि कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न गतिबिधी सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया