Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बिस्तान हुन नदिने प्रयासमा रहेको इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ ।

कैदी बन्दी धेरै रहेका जेलमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि इरानले अस्थायी रुपमा कैदीलाई रिहा गरेको हो ।

कोभिड–१९ को परीक्षण गर्दा संक्रमण नदेखिएका कैदीलाई जमानतमा रिहा गरिएको न्याय मन्त्रालयका प्रवक्ताले बताएका छन् । पाँच वर्ष भन्दा बढीको जेल सजाय पाएका कैदीलाई भने रिहा गरिएको छैन ।

रिहा हुनेमा पाँच वर्ष भन्दा कम कैद सजाय पाएका कैदी रहेका छन् । इरानमा अहिलेसम्म कोरोनाका कारण कम्तिमा ७७ जनाको मृत्यु भएको छ ।

यस्तै अहिलेसम्म इरानमा २३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । विश्वभर अहिलेसम्म ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म विश्वभर ३१ सय १० जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया