Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण जापानमा यसै महिना हुने तय भएको एसियाली २० किलोमिटर रेसवाकिङ च्याम्पियनसिप रद्द भएको छ । कोभिड-१९ नाम दिइएको भाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा विस्तार हुने क्रममा जापानमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसका कारण यसै वर्ष जुलाई-अगस्टमा ओलम्पिक आयोजना गर्ने तयारीमा रहेको जापानले तत्कालका लागि सबैखाले ठूला प्रतियोगिता तथा अन्य गतिविधि स्थगनमा राखेको छ । कोरोनाको प्रभावबाट जोगिने प्रयासस्वरूप जापानी एथलेटिक्स संघले नोमी सहरमा यही मार्च १५मा हुने तय भएको च्याम्पियनसिप रद्द गर्न एसियाली एथलेटिक्स महासंघसमक्ष प्रस्ताव गरेको थियो ।

जापान एथलेटिक्स संघको त्यही प्रस्ताव अनुमोदन गर्दै एसियाली एथलेटिक्स महासंघले एसियाली २० किलोमिटर रेसवाकिङ च्याम्पियनसिप रद्द गरेको जनाएको छ । एसियाली एथलेटिक्स महासंघका अध्यक्ष दलान अल हमादले आफ्ना सबै सदस्य राष्ट्रका एथलेटिक्स संघलाई आइतबार पत्र लेख्दै च्याम्पियनसिप रद्द भएको जानकारी गराएको हो ।

कोरोना भाइरसको त्रास बढ्दो अवस्थामा रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र जापानी आयोजकले जुलाई २४ देखि अगस्ट ३ सम्म तोकिएकै समयमा ओलम्पिक गर्ने दाबी गर्दै आएका छन् । आयोजकले ओलम्पिक तोकिएकै समयमा गर्नुको कुनै विकल्प नरहेको बताए पनि विभिन्न खेलका छनोट प्रतियोगिता हाललाई स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया