Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नयाँदिल्लीमा पनि एक जनामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । सोमबार भारतीय स्वास्थ्य मन्त्रालयले नयाँदिल्लीमा रहेका एक जनामा र तेलन्गनामा एक जनामा कोरोनाभाइरसको संक्रमित भेटिएको जनाएको छ ।

नयाँदिल्लीमा रहेका ती व्यक्ति इटाली भ्रमण गरेर आएका थिए । अर्का एक जना भने दुबई भ्रमणबाट भारत फर्किएको द हिन्दुले जनाएको छ । साथै उनीहरूको अन्य विवरण भने खुलाइएको छैन । मन्त्रालयका अनुसार दुबै बिरामी अहिले स्थिर रहेको र नजिकबाट नियालिरहेको बताइएको छ ।

यसअघि भारतमा पहिलो कोरोनासंक्रमित बिरामी केरेलामा भेटिएको थियो । ती महिला वुहानबाट पढेर आएकी विद्यार्थी थिइन् । उनी केरेलाको एक सरकारी मेडिकल कलेज अस्पतालबाट गत फेब्रुअरी २० मा डिस्चार्ज भएकी थिइन् ।

तपाईको प्रतिक्रिया