Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अबदेखि आउने, जाने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।
अब भने आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने भएको छ । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ । यसको शुरुवात आइतबारबाटै भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला मन्त्रालय, विभाग र निकायसंग छलफल गरेका थिए । छलफलअनुसार विमानस्थल भित्रको व्यवस्थापनका लागि विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेको छ । डेस्कमा १२ जना कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । हरेक सिफ्टमा ४/४ जना कर्मचारी खटिएका हुन्छन् । अब भने स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको क्षमता दोब्बरसम्म बढाउने भएको महाप्रवन्धक केसीले जानकारी दिए ।

अब जुनसुकै वायुसेवाबाट आएको भए पनि प्रत्येक व्यक्तिले हेल्थडेस्कमा व्यक्तिगत रुपमा चिकित्सकसंग चेकजाँच गराउनु पर्नेछ । आगमन र प्रस्थान दुबै कक्षमा सबै यात्रुले निधारमा यन्त्र राखेर ज्वरो जाँच गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया