काठमाडौं – एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो ।
वर्गीकृत विज्ञापन
मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन । नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो । ओपनरको रूपमा क्रिजमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल उत्रिएका थिए । कुशल मल्लको शून्य रनमा क्याच आउट भए भने ज्ञानेन्द्र मल्ल ३८ रन ३ चौका १ छक्का प्रहार गर्दै आउट भए । मलेसियाका पवनदीप सिंहले फालेका बललाई शेदअजिज क्याच गरेका थिए ।
त्यस्तै, पारस खड्का ९ रन १ चौका बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरी ३८ रनमा १ चौका, पवन सरार्फ १९ रनमा १ चौका १ छक्का र आरिफ शेख ५ रनमा १ चौका बनाएर आउट भए । करण केसी पनि २ रनमात्र बनाएर आउट भए । विनोद भण्डारी ७ रन बनाएर आउट भए ।