बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिका बेला जनताको मन जितेका कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुँदै गएको बताएका छन् । उनले यस्तो संकेत विश्व राजनीतिक इतिहाससँगै नेपालमा पनि देखिएको बताउँदै कम्युनिष्टहरु यसरी आफ्नो आदर्शबाट विचलित हुन राम्रो संकेत नभएको बताए ।

शुक्रबार भक्तपुरमा कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भए पनि सत्तामा पुगेपछि विचलित हुन थालेको धेरै उदाहरण भएको बताएका छन् ।

उनले भने, ‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँ बस्छन् त्यहीं, जे खान्छन् त्यहीं खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टी हुन् ।’

उनले थपे, ‘तर, सत्ता प्राप्त गरिसकेपछि कही न कही त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’

हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कै अर्कै र जनताबाट कटेको जस्तो हुने गरेको प्रचण्डको भनाई छ ।

२० औं सताव्दीमा सवैभन्दा समाजवाद निर्माण गर्न मानव जातिले असाधारण कीर्तिमानी गरे पनि पछि पुँजीवादी सत्तामा पतन भएको भन्दै प्रचण्डले पहिलो र दोस्रो विश्वयुद्ध हुँदा करोडौ मानिसले ज्यान गुमाएको स्मरण गर्दै पछि कम्युनिष्ट पार्टीको नेतृत्व नै वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना कोही नचाहिने परिघटना रहेको बताए ।

‘हाम्रो नियति पनि त्यसै जाने खतरा, गइसक्यो भनेको होइन । संकेत देखिएको छ तर त्यति राम्रो संकेत देखिएनन् । आजभोलिका घट्ना हेर्दा जो मान्छेहरु विग्रने जस्तो देखिदैछ’, कम्युनिष्ट पार्टीका नेताहरुको पछिल्लो पटक देखिएको चरित्रप्रति प्रचण्डको संकेत छ ।

तपाईको प्रतिक्रिया