सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इरानमा २ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो।

इरानको राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणस्थित कोमका दुई वृद्धको मृत्यु भएको इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ले जनाएको छ। तर तिनको विस्तृत जानकारी गराइएको छैन।

यो सँगै बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको छ।

चीनमा मात्रै २ हजार १ सय १८ जनाको मृत्यु भएको छ। कोरोना बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको हो।

त्यस्तै हङकङ र इरानमा २/२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

यी सबै जोड्दा कोरोनाका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको हो।

बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ।

मंगलबार भने १ हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया