Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र टोकियो ओलम्पिकका आयोजकहरुले छिमेकी चीनबाट सुरु भएको कोरोना भाइरसको शंक्रमणले पूरा विश्वलाई त्रसित बनाए पनि यसै वर्ष हुने तय भएको टोकियो ओलम्पिकको मिति सार्ने सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोना भाइरसको शंक्रमण विश्वव्यापी रुपमा फैलिँदा ७३ हजारभन्दा बढी मानिस यसबाट प्रभावित भएको तथ्यांक छ भने चीनमामात्र १८ सयभन्दा बढीको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक गरिएका छन् । जापानमा पनि यसको शंक्रमण देखिइसकेको छ र सरकारी स्तरबाटै उच्च सतर्कता अपनाइएको छ ।

‘हामीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग नजिकबाट यस विषयमा सहकार्य गरिरहेका छौं । त्यसअनुसार कोरोना भाइरसकै कारण ओलम्पिक खेलकुद स्थगित गर्नुपर्ने कुनै कारण देखिँदैन । आइओसीले टोकियो ओलम्पिक आयोजनाको विषयमा कुनै विकल्प सोचेको छैन । खेलकुद निर्धारित समयमै हुन्छ,’ आइओसीको अनुगमन टोली नेतृत्व गर्दै कोरोना भाइरसको प्रभाववारे बुझ्न जापान पुगेका जोन कोट्सले भने ।

कोट्स र टोकियो ओलम्पिकका आयोजकहरुले जापानमा पत्रकार सम्मेलनमा ११ वटा प्रश्न सामना गर्नुपरेको थियो । सबै प्रश्न कोरोना भाइरससँग सम्बन्धित थिए। उनीहरुले ओलम्पिकमा चीनीया खेलाडी र समर्थकको सहभागिता लगायतका विषयमा प्रश्न सामना गरेका थिए । एक जापानी पत्रकारले कोरोना भाइरसको त्रासका कारण आयोजनाका पूर्वनिर्धारित कार्यक्रममा केही परिवर्तन हुन्छ? भनि सोधेको प्रश्नमा टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योशिरो मोरीको उत्तर थियो, ‘यो अवस्थामा आएर हामी कुनै पनि परिवर्तन गर्न सक्ने अवस्थामा छैनौं । अब कुनै परिवर्तन सम्भव छैन । टोकियो ओलम्पिक २०२० पूर्व निर्धारित समयअनुसार तोकिएकै स्थानमा हुन्छन् । हामी अहिले यही पुष्टि गर्न सक्छौं ।’

कोट्सले चीनिया खेलाडीको स्वास्थ्यस्थितिबारे नियमितरुपमा जानकारी लिइरहेको बताउँदै निर्धारित जुलाई २४ बाटै सबैको सहभागितामा ओलम्पिक हुने प्रष्ट पारे । टोकियोमा चीनले ६ सय खेलाडीको टोली पठाउने अनुमान गरिएको छ । ‘हामीले चीनिया खेलाडी र अधिकारीहरुलाई नजिकबाट हेरिरहेका छौं । चीनका खेलाडी र खेल अधिकारीहरु अहिले धेरैजसो चीन बाहिर छन्,’ कोट्सले भने, ‘चीनकामात्र नभई ओलम्पिकमा सहभागिता जनाउने सबै देशका खेलाडी, खेल अधिकारी र दर्शकहरुको सुस्वास्थ्य हाम्रो चासोको विषय हो । कोरोना भाइरसले अहिले पूरा विश्वलाई प्रभावमा पारिरहेको  छ । त्यसबाट मुक्त हुन सम्पूर्ण विश्वले प्रयास गरिरहेको छ । यसमा सफलता प्राप्त हुने आशा गर्न सकिन्छ ।’

आइओसी र जापानी आयोजकले कुनै पनि हालतमा ओलम्पिक नसर्ने बताए पनि चीनमा कोरोना भाइरसको शंक्रमण देखिएपछि खेलकुदीय गतिविधिहरु स्थगनमा छन् । ओलम्पिककै कतिपय खेलका छनोट प्रतियोगिताहरु स्थगित गरिएका छन् ।

तपाईको प्रतिक्रिया