आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले बिग बोस १३ संस्करणको उपाधि जितेका छन्। उनले ५० लाख नगद र एक कार जितेका छन्।

करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए।

ग्रान्ड फिनालेमा सबैभन्दा पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए।

अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो।

गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको हो।

तपाईको प्रतिक्रिया