आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो । न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो । यद्यपि, प्रहरीले उनलाई भारतमा पक्राउ गरेको त्यसअघि नै सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया