आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – चीनमा फैलिएको कोरोना भाइरसले यतिबेला छिमेकी मुलुकहरु पनि त्रसित छन् । कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएपछि मानिसहरु यसबाट बच्न सतर्कतासमेत अपनाएको देखिन्छ । त्यही भएर होला पछिल्लो समय मास्क लगाउनेहरुको संख्या बढ्दो छ ।

यसबैची कोरियामा सम्पन्न सामूहिक विवाहमा दुल्हा दुल्हीहरु मास्क लगाएर विवाह सम्पन्न गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन उनीहरुले मास्क लगाएर विवाह गरेको एएफपीले जनाएको छ ।

समारोहमा भाग लिने दुल्हा दुल्हीलाई कोरोना भाइरसको परीक्षणसमेत गरिएको बताइएको छ । समारोहमा ६० देशका ६ हजार जोडीले विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया