शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – आज फ्रेबुअरी १० । विश्वमा सिनेमा दुनियाँमा सबैभन्दा बढी सम्मानित मानिने ओस्कार अवार्ड्स आज फ्रेबुअरी १०मा  दिइँदैछ ।

ओस्कार २०२० का लागि सबैभन्दा धेरै ११ विधामा जोकर फिल्म मनोनयनमा परेको थियो ।

द आइरिसम्यान, १९१७, वान्स अपन अ टाइम इन हलिउड पनि १० विभिन्न विधामा मनोनयमा परेका छन् ।

आज बाँडिने ओस्कारबारे केही रमाइला तथ्य जुन हामीलाई थाहा नहुन सक्छः

१. ओस्कार अवार्ड्सको ९२ वर्षको इतिहासमा केबल पाँच महिलालाई अहिलेसम्म उत्कृष्ट निर्देशकको विधामा मनोनयन गरिएको छ । यसमा पनि केवल एक महिला निर्देशक क्याटरिन बिगलोवले द हर्ट लकर फिल्मका लागि ओस्कार जितेकी छिन् । यसपटक पनि यो विधामा सबै पुरुष निर्देशक नै मनोनयमा परेका छन् ।

२. ओस्कारका विभिन्न विधामा मनोनयनमा परेकामध्ये उत्कृष्ट सहअभिनेता पुरुषको विधानमा मनोनयनमा परेका अभिनेताको औसत उमेर ७१ वर्षको छ । ५६ वर्षका ब्राड पिट नै यो विधामा मनोनयनमा परेका सबैभन्दा युवा हुन् । उनीबाहेक टम ह्यान्क, जो पेस्सी, अल प्यासिनो, एन्थोनी हपकिन्स यो विधामा मनोनयन भएका छन् । उनीहरुको उमेर क्रमशः ६३, ७६, ७९ र ८२ हो ।

तर, अभिनेत्रीको यो विधामा मनोनयनको औसत उमेर ४० वर्षको मात्र छ ।

३. सन् २०१९ सम्म ओस्कारमा एक मात्र अश्वेत अभिनेत्रीले ओस्कार अवार्ड जितेकी छिन् । सन् २००२ मा ह्याली बेरीले जितेको यो अवार्डपछि अभिनय विधामा सन् २०२० मा सिन्थिया एरिवो मनोनयनमा परेकी छिन् जो अश्वेत हुन् ।

४. अहिले सबैभन्दा धेरै मनोनयनमा चाहिँ जोन विलियम्स परेका थिए । उनी ५२ औं पटक मनोनयनमा परेका हुन् । स्टार वार्सः द राइज अफ स्काइवकारमा उनको कामका लागि उनी मनोनयनमा परेका हुन् । उनी ८७ वर्षका संगीतकार हुन् ।

५. स्कारलेट जोनसनलाई यस वर्ष दुई ओस्कार मनोनयन प्राप्त भएको छ । उनी म्यारिज स्टोरीमा उत्कृष्ट अभिनेत्री र जोजो र्याबिटमा सह अभिनेत्रीका रुपमा मनोनयनमा परेकी हुन् । एउटै वर्ष दुई विधामा मनोनयनमा पर्ने उनी १२ औं व्यक्ति हुन् ।

६. यसपटक नेटफ्लिक्सका फिल्मलाई २० भन्दा बढी विधामा मनोनयन गरिएको छ । द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्सलगायतका फिल्मका लागि यो मनोनयन भएको हो ।

७. यसपटक पहिलो पटक निर्देशक दम्पत्ति उत्कृष्ट फिल्म अवार्डका लागि आएका छन् । निर्देशक ग्रेटा गोर्विङ्ग तथा नोआह बाउमबश उत्कृष्ट फिल्म क्याटोगरीमा एकअर्काका प्रतिस्पर्धीका रुपमा मनोनित भएका छन् । उनीहरुले सन् २०११ मा डेटिङ सुरु गरेका थिए र उनीहरुको एक बच्चा पनि छन् ।

तपाईको प्रतिक्रिया