शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – बलिउड जगतकी दिग्गज अभिनेत्री शबाना आजमी अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कार दुर्घटनामा परेर घाइते हुनपुगेकी उनी केही हप्तादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

जनवरी १८ मा उनी सवार कारलाई एक ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल लगिएको थियो ।

उनले आफू उपचारपछि ठिक भएको र घर फर्केको जानकारी दिएकी हुन् ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

तपाईको प्रतिक्रिया