मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – कोरोनाभाइरस फैलिएको दुई सातापछि पहिलोपटक चीन बाहिर एकजनाको मृत्यु भएको छ । यो भाइरसको संक्रमणबाट फिलिपिन्समा ४४ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्ति कोरोनाभाइरस संक्रमित भएको र उनी वुहानबाट फिलिपन्स गएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ ।

यो भाइरसको संक्रमणबाट चीनमा अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको छ । १२ हजारभन्दा बढी संक्रमित छन् । २२ भन्दा देशमा यो भाइरस फैलिएपछि डब्लुएचओले विश्वव्यापी संकटकाल घोषणा गरेको छ ।

 

तपाईको प्रतिक्रिया