बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – अमेरिकाको मेरिल्याल्ड निवासी नेपाली युवाले चिठ्ठा उपहारमा १ लाख डलर बराबरको रकम जितेका छन्। तीन जना युवाले खुर्किने (स्क्रयाच) लट्रीमा १ लाख अमेरिकी डलर जितेका हुन्।

नेपालको बागलुङ जिल्ला स्थायी घर भएका डोलेन्द्र पौडेल, जीवन शर्मा र पर्वत स्थायी घर भएका दीपक रिजाल सात वर्षदेखि अमेरिकामा बसोवास गदै आएका छन्। पौडेल, शर्मा र रिजालले संयुक्त रूपमा जितेको रकम बाँडेका छन्। लट्री शर्माले खेलेका थिए। उनीहरूले जितेको रकममध्ये करिब ३५ प्रतिशत राज्य सरकारले आयकरबापत लिन्छ भने बाँकी रकम विजेताले पाउँछन्।

सन् २०२० जनवरीबाट रेष्टुराँ व्यवसायमा प्रवेश गरेका यी तीन युवाले भ्रमण वर्ष सन् २०२० को टिर्सट लगाएर पुरस्कार थापेका छन्। ‘यसै वर्ष व्यवसाय शुरु गरेका थियौं। यो हाम्रा लागि ईश्वरको वरदान भएको छ’, व्यवसायी पौडेलले भने, ‘हामीलाई भाग्यले साथ दिएको भन्नुपर्छ।’

जुवा नशाको रूपमा लिन नहुने तर कहिलेकाहीँ भाग्य विचार गर्न र रमाइलोका लागि खेल्ने गरेको बागलुङका शर्माले बताए। उनले भने, ‘हामीले चिठ्ठामा जितेको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाएका छौं।

तपाईको प्रतिक्रिया