मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – थ्रीस्टारका संजोग राई ‘शहीद स्मारक ए डिभिजन लिग’ २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । संजोगको हृयाट्रिकसँगै थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-0 Zगोलले पराजित गरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा चार गोल गर्‍यो । ४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

त्यसपछि संजोग मैदानमा चम्किए । ५७ औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६ औं र ७१औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे । जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया