शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘रुमाल चिनो’ सार्वजनिक भएको छ । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्वर रचना रिमालको छ ।

युट्युबमा लिरिकल भिडियो राखिएको गीतको म्युजिक भिडियो केही दिनमा आउने संगीतकार वसन्त सापकोटाले जनाएका छन् । ‘यो गीत मैले गत वर्ष नै रेकर्ड गराएको थिएँ । विभिन्न कारणबस मिक्सिङमा ढिलो भएका कारण एक वर्ष पछि सार्वजनिक गरिएको हो’ – वसन्तले भने । रचना नेपाल आइडलको जारी सिजन–३ मा उत्कृष्ठ १२ मा प्रतिस्पर्धीका रुपमा छिन् ।

नेपाल आइडलमा रचनाको गायकी थाहा पाएपछि निर्णायक न्ह्यू बज्राचार्य उनलाई खोज्दै घरमै पुगेका थिए ।***

तपाईको प्रतिक्रिया