शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ -प्रियंका चोपडाले लगाएको पहिरनले उनलाई धेरैजसो चर्चित बनाएकै हुन्छ । तर कहिले उनी सकारात्मक टिप्पणी सहित चर्चित हुन्छिन् भने कहिले नकारात्मक टिप्पणीसहित । पछिल्लो पटक उनको पहिरनले नकारात्मक टिप्पणी पाएको छ ।

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे लगाइन् त्यो चर्चाको विषय बनेको छ । उक्त पहिरनले विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन पर्‍यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् । प्रियंका श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा सरिक भएकी थिइन् ।

प्रियंकाले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् । उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’ । उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे ।

प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानु अघि आफ्ना केही तस्बिर इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भने ।

तपाईको प्रतिक्रिया