शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि यहि गीतको ट्रेलर सार्वजनिक समेत गरिएको थियो

फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम, चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई, मोडल सुशिला थापा, निर्देशक युवराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशन निशान घिमिरेले गरेका छन् ।

भिडियोमा आफुले नयाँ प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन ‘तिम्रो सहर म्युजिक भिडियो दर्शकहरुको लागि बिशेष रहनेछ ।’

सन्तोष कालिकोटेको स्वर, यमन सुबेदीको शब्द तथा मनोजराज शिवाकोटीको संगीत रहेको गीतलाई एरेन्ज किरण कंडेलले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।***
https://www.youtube.com/watch?v=as-qy6afk8k

तपाईको प्रतिक्रिया