काठमाडौं – उमेरलाई कहिले काही केवल संख्याको रुपमा मात्र रहेको केहि घटनाक्रमले प्रमाणित गर्ने गर्दछन् । ३३-३४ बर्षका मेसी-रोनाल्डोले कहिले फुटबल छोडलान् भन्ने बहस भइरहेका बेला इजिप्टमा ७५ बर्षिय खेलाडीले लिग खेल्नका लागि साइन गरेको खबरले सबैलाई आश्चर्यमा पारेको छ ।
हो इजिप्ट फुटबल फेडेरेशनले आफ्नो तेस्रो डिभिजनको लिगका लागि ७५ बर्षिय खेलाडी एज इल डिन बहादेरलाई साइन गरेको छ । फेडेरेशनले दिएको जानकारी अनुसार गत क्लब ६ अक्टोबरका लागि ७५ बर्षिय बहादेरले नाम फेडेरेशनमा दर्ता गरेको मंगलबार सार्वजनिक गरेको छ ।
यो सँगै फेडेरेशनले अब बहादेरले गिनिज रेकर्डमा समेत अहिलेसम्मको सबैभन्दा बढी उमेरको प्रोफेशनल फुटबलरको रुपमा आफ्नो नाम दर्ता गर्ने तयारी गरेको उल्लेख गरेको छ । अहिले विश्वमा सबै भन्दा बढी उमेरका फुटबल खेलाडीको किर्तिमान ७३ बर्षिय इसाक हायिकको नाममा रहेको छ । उनले २०१९ को अप्रिलमा इजरायलको चौथो डिभिजन क्लबबाट ७३ बर्षको उमेरमा खेलेर यस्तो किर्तिमान बनाएका थिए ।
फेडेरेशनले बहादेरको बारेमा कुनै विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । अहिले खेलिरहेका धेरै उमेरका खेलाडी जापानको जे-लिग क्लब योकोहामा एफसीका ५२ बर्षिय स्ट्राइकर काजुयोशी मिउरा हुन् । उनले हालै २०२० सिजनका लागि पनि क्लबसँग आफ्नो सम्झौता नवीकरण गरेका छन् । उनी यसै फेब्रुअरीमा ५३ बर्षको हुने छन् भने उनले प्रोफेशनल फुटबलमा ३५औ सिजन खेल्दै छन् ।
त्यस्तै सबै भन्दा कम उमेरमा प्रोफेशनल फुटबल खेल्ने किर्तिमान भएन बोलिभियाक माउरिसियो बालीडिभीएसोको नाममा रहेको छ । उनले २००९ मा १२ बर्षको उमेरमा ला पाज एफसीबाट खेलेका थिए ।
https://www.facebook.com/efasocial/posts/1471528389670263