Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – नेपाली युवा किक वक्सिङ खेलाडी अविरल घिमिरेले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेका छन्। उनले आईतवार जापानको राजधानी टोकियोमा आयोजित हिट ४६ किक वक्सिङ्गको उपाधि जितेका हुन् । जुन उनको अहिलेसम्मको ठूलो सफलता हो।

उनले उक्त प्रतिस्पर्धामा जापानी खेलाडी मोरीमोतोलाई पहिलो राउण्डमा नै हराउन सफल भएका थिए। खेलमा सफलता प्राप्तसंगै अविरलले उपस्थित सवैलाई धन्यवाद दिदैं, जापानीहरुलाई नेपाल भ्रमण वर्ष 2020 को अवसरमा नेपाल भ्रमणको निम्ता समेत दिए ।

विगत ५ वर्षदेखि आफ्नो आमावुवासंग जापानको नागोया सहरमा बस्दै आएका २१ वर्षिय अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता मात्र हात परेको छ। जापान बसाईको क्रममा उनले ५ वटा आधारभुत र ७ वटा व्यवसायिक खेल खेलिसकेको उनका बुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरे बताउछन् । बुवाकै प्रेरणावाट आफु यस खेलमा लागेको अविरलको भनाई छ ।उनका बुवा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्।

अविरलले खेलका ७ वटा व्यवसायिक खेलहरु मध्ये ५ वटामा उनले नकआउट चरणमा नै जित हासिल गरेका थिए भने २ वटा खेल भने बराबरी भएको थियो। जसमा १ खेल उनको पक्षमा आएको थियो भने अर्को १ खेल विपक्षमा गएको थियो। विदेशी भूमिमा आफ्नो छोराले खेलको माध्यमद्वारा नेपालको नाम चिनाउदा आफु मात्र नभई जापानमा बस्ने सबै नेपालीहरुको गर्वको कुरा भएको देव घिमिरेको भनाई छ। ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया