आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – पछिल्लो एक दशकमा युवाहरुबीच ‘लिभ इन रिलेसनसिप’ धेरै लोकप्रिय छ । हालै भएको एक अनुसन्धानमा लिभ इन रिलेसनसिपमा रहने व्यक्तिहरुको वैवाहिक र यौन जीवन त्यति आनन्ददायक नहुने देखिएको छ । विवाहअघि एक साथ हुने प्रेम जोडीमा विवाहपछि यौनसम्बन्धमा त्यति धेरै रुची नहुने देखिएको हो ।

‘जर्नल अफ सेक्स रिसर्च’ मा प्रकाशित एक रिपोर्ट अनुसार लिभ इन रिलेसनसिपपछि विवाह बन्धनमा बाधिने जोडीमा पहिले जस्तो यौन जीवनमा मिठास हुँदैन । रिपोर्टमा विवाहपछि शारीरिक सम्बन्ध राख्नेहरुको तुलनामा यसरी सँगै बसेर विवाह गर्नेमा यौन चाहानामा उत्सुकता कम हुने गरेको उल्लेख गरिएको छ । करिब एक सय जोडीमा गरिएको शोधमा विवाहअघि पार्टनरसँग यौन सुखको आनन्द लिने मानिस विवाहपछि कम सन्तुष्ट हुन थाल्छन् ।

अध्ययनकर्ताका अनुसार यसको असर जोडीको यौन जीवनमा मात्रै नभएर सिंगो भविष्यको पूरै जीवनमा समेत पर्छ । सन् २०१८ मा जर्नल अफ म्यारिज एन्ड फेमिलीले पनि विवाह पनि सम्बन्ध विच्छेद गर्नेहरुमा यसरी लिभ इन टुगेदरमा बस्नेहरु बढी रहेको पाइएको थियो । न्युयोर्कका एक सेक्सोलोजिस्ट लोगन लेभकाफले भने, ‘जब दुई व्यक्ति लिभ इन टुगेदरमा आउने निर्णय गर्छन् । त्यस समयमा उनीहरुको सम्बन्धमा उदारचढाब पनि आउँछ । त्यसकारण विवाहपछि उनीहरुमा यौनप्रति रुची कम हुँदै जान्छ ।’

लिभ इन रिलेसनसिपका क्रममा उनीहरुमा जिम्मेवारीसँगै केही तनाव पनि हुन्छ । शोधअनुसार लामो समय लिभ इन टुगेदरमा बसेका जोडीको तुलनामा छोटो समय लिभ इन टुगेदर बसेका जोडीमा यौन सन्तुष्टिको मात्रा बढी पाइएको छ । तर करिब चार वर्षको समयमा नै उनीहरुको यौन जीवनमा पहिलेको तुलनामा समस्या आउन थालेको देखिएको छ ।

लेवकाफ भन्छन्, ‘कसैसँग बस्नु नराम्रो होइन । नयाँ सम्बन्धको नक्कल गर्नु कुनै नयाँ तरिका होइन । यदि तपाई लामो समयसम्म एकसाथ बस्नुभयो भने केही बदलाव गर्न सक्नुहुन्छ ? हो, तर यसको मतलव तपाई अर्को पटक ‘कनेक्ट’ गर्नै सक्नुहुन्न भन्ने चाँहि होइन ।’

तपाईको प्रतिक्रिया