आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – पाकिस्तान प्रशासित कास्मिरमा हिमपहिरोमा पुरिएकी १२ वर्षीया बालिका १८ घण्टा पछि जिउँदै फेला परेकी छिन् ।

सामिना बिबी नामक ती बालिकालाई मंगलबार १८ घण्टापछि उद्धार गरिएको थियो । आफ्नो कोठामा हिउँमुनि पुरिएकी सामिनाले उद्दारकर्मी आएको थाहा पाएपछि चिच्याउँदै मद्दत मागेकी थिइन् । सोमबार गएको हिमपहिरोका कारण पाकिस्तानको निलम भ्यालीमा मात्रै ७४ जनाले ज्यान गुमाइसकेका छन् । ‘मैले पनि मर्छु भन्ने सोचेकी थिएँ,’ अस्पतालमा उपचार गरिरहेकी उनले रोयटर्ससँग कुराकानी गर्दै भनिन् ।

उनीसँगै थुप्रै घाइतेको मुजाफरावाद अस्पतालमा उपचार भइरहेको छ । हिमपहिरोका कारण समिना बाँचे पनि उनका दुई दाजुबहिनीले ज्यान गुमाएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापनका अनुसार हिमपहिरोका कारण मर्नेको संख्या एक सय पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया