Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् ।
राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप छ । भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् । राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने, – ‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आपत्तिजनक छन् । केहीदिनभित्रै घटनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’ यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।
डीआईजी पोखरेलले भने, – ‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’

सामाजिक सञ्जालमा आस्थाको आलोचना भएपछि उनले फेसबुकमार्फत माफी मागेकी छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया