Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

पोखरा – आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप हुने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल हवाई खेलकूद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ) को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ ।

एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुनलागेको नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष एवम् टुर संयोजक योगेश भट्टराईले जानकारी दिए ।

बाँकी दुई वटा टुर भने मागका आधारमा एशियाका अन्य दुई देशमा गरिने छ । हाल विश्वकपमा ऐशियाली खेलाडीको सङ्ख्या कम भइरहेको अवस्थामा यस टुरले उनीहरुको सङ्ख्या बढाउन मद्दत पुग्ने बताइन्छ ।

‘पोइन्ट’ र ‘र्‍याङकिङ’ का आधारमा एशियामा हुने तीन वटा टुरबाट शीर्ष स्थानमा रहने पाँचदेखि आठ जनासम्म खेलाडीले सन् २०२१ मा हुने विश्वकपको सुपर फाइनलमा प्रवेश पाउने उनले जानकारी दिए । सुपर फाइनलमा पुग्ने खेलाडीको संख्या भने वर्ल्डकप कमिटीले तय गर्ने बताइन्छ ।

अहिले खेलाडीको अनलाइन दर्ता गर्ने क्रम जारी रहेको बताउँदै तयारीस्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए ।

‘क्रसकन्ट्री’ विधामा स्पर्धा हुने हुँदा तोकिएको स्थानभन्दा केही परसम्म खेलाडी जानुपर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रतियोगिताको समयमा प्रतियोगितास्थल वरपर जहाज वा हेलिकप्टरको उडान रोक्नका लागि समेत प्राधिकरणसँग आग्रह गरिएको नाले जनाएको छ ।

प्रतियोगिताबाट साहसिक खेल प्याराग्लाइडिङको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवर्धन हुने भएकाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया