Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु-याउन महायज्ञ लगाइने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म चितवनमा धान्याञ्चल महायज्ञ लगाउन लागिएको धुर्मुस-सुन्तली फाउन्डेसनले जनाएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माण भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महायज्ञ आयोजनाका लागि तयारी समिति गठन गरिएको छ । प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले बताए । उनका अनुसार, महायज्ञमा मूल वाचक पण्डित दिनबन्धु पोख्रेल रहनेछन् । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइनेछ ।

अहिले रङ्गशाला निर्माणको काम भइरहेको छ। सबैको सहयोगमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गर्ने तयारी भइरहेको उनले बताए । रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले बताए ।

रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न भएपछि त्यो ठाउँमा पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ ।

तपाईको प्रतिक्रिया