काठमाडौं – न्युजिल्याण्डका क्रिकेट रोज टेलरले नयाँ कीर्तिमान बनाएका छन् । टेस्ट क्रिकेटमा टेलर न्युजील्याण्डका लागि अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
टेलरले जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा २२ रन बनाएर आउट भएसँगै उनले ७१७४ रन बनाएर न्युजील्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । टेलरले जारी टेस्टका दुवै इनिंगमा २२-२२ रन बनाएर आउट भएका छन् । न्युजील्याण्ड तेस्रो टेस्टमा पनि हारको संघारमा रहेको भएपनि टेलरले सर्वाधिक रन बनाउने किर्तिमान भने बनाएका छन् ।
न्युजिल्याण्डका लागि पुर्व कप्तान स्टेफेन फ्लेमीङले यस अघि ७१७२ रन बनाएर सर्वाधिक रन बनाउने किर्तिमान बनाएका थिए । त्यसति पूर्व कप्तान ब्रेण्डम म्यकुलमले टेस्ट क्रिकेटमा ६४५३ रन बनाउदै तेस्रो धेरै रन बनाउने खेलाडी रहेका छन् । त्यस्तै हालका कप्तान केन विलियम्सनले टेस्ट क्रिकेटमा ६३७९ रन बनाएर चौथो नम्बरमा रहेका छन् ।