बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडाैं  चीनको गुइजोउ प्रान्तमा विश्वकै अग्लो मध्येको पुल निर्माणको काम सम्पन्न भएको छ । पिङ्टाङ र लुओडियन काउन्टी जोड्ने विश्वकै अग्लो पुल जनवरी १ अर्थात आजदेखि खुल्ला गरिएको छ ।

उक्त पुलको लम्बाई दुई हजार एक सय ३५ मिटर छ भने तीन ठूला टावर र केबल तारले ठड्याइएको छ । यस विशाल पुलले एक काउन्टीदेखि अर्को काउन्टीसम्मको पहुँच सहज भएको छ । त्यस हाइवेमा स्पिड लिमिट ८० किलोमिटर प्रति घण्टा हुने चाईना डेलीले जनाएको छ।

सो पुल निर्माणको काम सन् २०१६ अप्रिलबाट सुरू गरिएको थियो जसमा २ सय १४ मिलियन डलर खर्चिएको थियो । यसको अग्लो टावर भने तीन सय ३२ मिटरको छ । पुल भुईभन्दा १९० मिटर अग्लो रहेको चीनको यातायात मन्त्रालयले जनाएको छ ।

पुलको निर्माण सम्पन्नसँगै गुईजोउ हाईवे नेटवर्कको लम्बाई ७ हजार किलोमिटर रहेको अधिकारीले बताएका छन् । फ्रान्समा रहेको तीन सय ३६ मिटर उचाइमा रहेको मिलाउ भियाडक्ट पुल विश्वकै सबैभन्दा अग्लो मानिएको छ । यो पिङटाङ पुल दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया