बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – म्याग्देली गायक गगन पुनले मेलिना राईको सहकार्यमा पञ्चेबाजाको दोहोरीगीत ’बेनीबजार’ सार्बजनिक गरेका छन् ।

सुमधुर आवाजका पर्यायवाची गायक पुनले हालैमात्र आफ्नै युट्युव च्यानलमार्फत सार्बजनिक गरेको पञ्चेबाजा ’बेनी बजार’ मा स्थानीय लवजको संवाद र स्थानीय गाउँघरका मनोरम प्राकृतिक दृश्यहरुलाई कैद गरिएको छ । जसले गर्दा गीतमा थप मौलिकता झल्किएको पाईन्छ ।

गायक पुन स्वयम र गायिका राईको स्वरमा सजिएको बेनीबजारमा बैबाहिक समारोहको माहौल र पञ्चेबाजाको रौनकतामा मायापीरतिको भाव छचल्किएको छ । देव पुनको शब्द र कुमार थापाको एरेञ्ज रहेको सो म्युजिक भिडियोमा आरुषी पुन र स्वयम गायकको फिचरिङ रहेको छ ।

देव पुनको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा छायाङ्कन कमल पुन र सम्पादन छबि राना मगरले गरेका छन् । अभिनय र नृत्य कलामा खरोरुपमा प्रस्तुत भएकी मोडल आरुषीलाई नृत्यमा दिलिप राना लगायतले साथ दिएका छन् । स्थानीय थालीनाचको प्रस्तुती, ग्रामीण परिवेश र पृष्ठभूमिमा मुस्कानसहितको अर्ग्यानिक अनुहारमा छचल्किएका गीत, संगीतप्रतिको अगाढ मोहसहितको दर्शकदीर्घा दृश्यमा देख्न सकिन्छ । जसले गर्दा समग्रमा गीतमा आफ्नै भूगोलको माटोलाई मौलिक शैलीको मुलजरोसंग जोडेको आभास पाईन्छ ।

पछिल्ला समयमा देशविदेशका कार्यक्रमहरुमा निकै रुचाईएका गायक हुन गगन पुन । उनको बोल्ड स्वर लोकलयमा आधारित सांगीतिक धारमा अझ बढि जम्ने गरेको जानकारहरु बताउँछन् । उसो त उनी पप, आधुनिक र अन्य विधाका गीतहरु पनि गाउने गरेका छन् ।***
भिडियो हेर्नका लागि तलको फोटोमा क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया