बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खान आफ्नो नयाँ अवतारका कारण हाल चर्चामा छन् । टोपि, लामो दारी र कपालको निर्मम सरदारको भेषमा उनी ‘लाल सिंह चड्‍ढा’ मा देखा पर्ने छन् । यो फिल्ममा उनी करिना कपुर सँग देखिने छन् ।

लाल सिंह चड्‍ढा हलिउड फिल्म ‘फरेस्ट गम्प’ नाम चलचित्रको आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल हुन्छन् ।

फरेस्ट गम्पले एक दर्जन ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो । फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन् ।

तपाईको प्रतिक्रिया